‘वाइडबडी प्रकरणमा देउवाको नाम जोडिनुको कारण के हो ?’ : सांसद सुनुवार

4.39K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमिततामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम आएकोबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

नेकपाका सांसद यज्ञराज सुनुवारले वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटलामा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको बेला पनि अनियमितता भएको भन्ने कुरा सार्वजनिक भएको भन्दै त्यसबारे संसदलाई सत्यतथ्य जानकारी दिन सरकारसँग माग गरेको छ। सुनुवारले भने, ‘वाइडबडी प्रकरणमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम पनि जोडियो। के यो सत्य होरु जनता जान्न चाहान्छन्।’

उनले प्रतिनिधिसभाको लेखा समितिले गठन गरेको उपसमितिको प्रतिवेदनमा बहालवाला पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू र मन्त्रालयका वहालवाला सचिव र पूर्वसचिवहरू तथा वायुसेवा निगमका पदाधिकारीको संलग्नता रहेकोले चर्चा पाएका बेला केही व्यक्तिको नाम किन हटाइयो ? भनेर पनि प्रश्न गरेका थिए। उपसमितिको प्रतिवेदनबाट हाल गृहसचिव रहेका प्रेम राईको नाम हटाइएकोबारे सांसद सुनुवारले चासो व्यक्त गरेका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083