डा.केसीको स्वास्थ्य अवस्था कमजोर

4.77K
shares

इलाम । स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी पुस २५ देखि अनशनरत डा। गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको छ। केसीको नसा नभेटिँदा रगत तथा पिसाब परीक्षण गर्न नसकिएको उनका सहयोगी डा.रामकृष्ण आचार्यले जानकारी दिए । डा.गोबिन्द केसी इलाम पुगेर अनशन बसे । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशन बसेका केसीले ‘युद्ध अपराधीलाई उन्मुक्ति दिन नहुने’ नयाँ माग थपे ।

उनको यो माग चिकित्सा क्षेत्रसँग कुनै साइनो छैन । तर पनि उनले युद्धकालिन मुद्दालाई आफ्नो मागको बिषय बनाए ।त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.केसीको यो १६ औँ अनशन हो। यसअघि भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा बनाएका छन् ।

यसअघि उनी १५ औं अनशन बस्न जुम्ला पुगेका थिए। तर, सरकारले उनलाई जुम्लाबाट जबरजस्ती उठाएर काठमाडौं ल्याएको थियो। उक्त अनशनको २७ औं दिनमा सरकारले उनीसँग सहमति गरेको थियो। त्यही सहमति विपरित चिकित्सा शिक्षा विधेयक तयार भएपछि डा.केसी इलाममा अनशन बसिरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083