‘वाइडबडी प्रकरणमा मलाई नियोजित रुपमा बदनाम गर्न खोजियो’ : सभापति देउवा

4.52K
shares

धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा आफूलाई नियोजित रुपमा बदनाम गर्न खोजेको आरोप लगाएका छन्। डडेलधुराको परसुरामधाम धार्मिक मेलाको उद्घाटन गर्न सुदूरपश्चिम प्रदेश पुगेका देउवाले नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन्।

उनले ‘सुगरत्न कन्साकारले मिडियामा आफूलाई पनि मुछेको बताए।’ तत्कालिन अवस्थामा मैले प्रधानमन्त्रीसहित १९ वटा मन्त्रालय सम्हालेको थिएँ, उनले भने, ‘कुनै निर्णय नभएको अवस्थामा मलाई फसाउन खोजिएको छ।’ उनले आफूले प्रधानमन्त्री हुनुभन्दा अघि नै वाइडबडीका बारेमा धेरै निर्णय भइसकेको बताए। मन्त्रीस्तरिय कुनै निर्णय नभएको कुराले आफूमाथि आरोप लगाएर अन्याय गरेको उनको ठहर छ।

देउवाले वाइडबडी प्रकरणमा आफ्नो नभई वर्तमान प्रधानमन्त्री तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको दावी गरे। ‘वाइडबडी प्रकरणमा मेरो हैन, ओली जी र प्रचण्ड जीको प्रत्यक्ष संलग्नता छ’, उनले भने, ‘ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको र प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको छ।’

सभापति देउवाले कांग्रेस छाया सरकर नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मुल्याङन र निगरानी गर्ने बताए। त्यसका लागि हामी केही व्यक्तिलाई जिम्मेवारी दिने उनको भनाई छ। अहिलेको सरकारले कुरा बढी गरेपनि काम गर्न नसेको उनको ठहर छ। ठूला-ठूला आश्वासन ओली सरकारले दियो, उनले भने, ‘तर जनताको सुरक्षा समेत गर्न सकेको छैन्। जनतालाई करमाथि कर लगाएको छ।’ “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने। सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने बताए ।

एक अर्को प्रसंगमा देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा र प्रमाण मेटाउनेलाई सरकारले नै संरक्षण गर्दा देशमा हत्या, हिंसा, बलात्कार लगायतका घटना बढेको समेत बताए। उनले, चिकित्साशिक्षा विधेयक, सरकारले आफ्ना मान्छेलाई सम्बन्धन दिनका लागि पारित गरेको आरोप लगाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083