संसदीय सुनुवाई समितिबाट दुई राजदूत सर्बसम्मत अनुमोदन

8.48K
shares

काठमाडौं । संसदीय सुनुवाई समितिले दुईजना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083