रियल मड्रिड लेगानेससँग पराजित, तर पनि क्वाटरफाइनल प्रवेश

4.54K
shares

काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रेय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लेगानेससँग दोस्रो लेगमा १-० गोलअन्तरले पराजित भएपनि समग्रमा ३-१ गोलअन्तरको जित निकाल्दै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो लेगमा भने लेगानेसले आफ्नै घरेलु मैदानमा रियललाई स्तब्ध बनायो । खेलको ३०औं मिनेटमा लेगानेसका मार्टिन ब्राइथवाइटले गरेको गोल गर्नै निर्णायक गोल बन्यो ।

पहिलो हाफमा एक गोलले पछि परेको रियलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलको दोस्रो हाफमा पनि रियलमाथि लेगानेसले अग्रता कायमै राख्दै जित निकालेको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083