‘चोभारमा अब चीन र भारतका रेलले ल्याउने सामानको भण्डारण हुन्छ’ : प्रधानमन्त्री ओली
वि.सं.२०७५ माघ ३ बिहीवार १६:१०
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौभारमा बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताएका छन् । किर्तिपुर नगरपालिकास्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्दै प्रधनमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक बर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए । ‘संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ’ प्रधानमन्त्री ओलीले भने ।
बन्दरगाह निर्माणले स्थानीयवासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताए । ‘यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ । यातायातले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ’ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीयवासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस् । सरकारले सकारात्मक ढंगले लिनेछ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरेका छन् । ‘तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस् । गुणस्तरमा सम्झौता नगर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने । बन्दरगाह १ अर्ब, ४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।
यो पनि पढ्नुहोस् :
- प्रधानमन्त्रीले गरे चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्धारा सुख्खा बन्दरगाहको शिलान्यास






























