विना तथ्य किन बोल्छन् प्रधानमन्त्री र मन्त्रीहरु…?

5.6K
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु विनातथ्य बोल्ने गरेको पाइएको छ । जनताका अगाडी भाषण गर्दा सरकारले निकै काम गरेको देखाउन कतिपय बिषयमा आवश्यकता भन्दा बढि बोल्दा उनीहरु विवादमा समेत पर्ने गरेका छन् । सरकारका मन्त्रीहरु धमाधम विवादमा परिरहेका छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले महत्वपूर्ण काम गरिरहेको र आगामी दिनमा त्यसको प्रतिफल देखिने दाबी गर्दे आएका छन् ।

३३ किलो सुन प्रकरण र निर्मलाहत्या प्रकरणदेखि वाइडवडी प्रकरणका पनि स्वयं प्रधानमन्त्री र मन्त्रीहरुले बिनातथ्य धारणा सार्वजनिक गरेको बिषयमा समेत चर्चापरिचर्चा हुने गरेको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सदनमा संवोधन गर्ने क्रममा मुलुकको अर्थतन्त्रका बारेमा जानकारी गराएपछि , आंकडाका बारेमा नै चर्चा भयो , फलस्वरुप अर्थमन्त्रालयले विज्ञप्ती नै जारी गर्दै अर्थतन्त्रका बारेमा जानकारी गरायो । चर्चापछि प्रधानमन्त्रीले मुख खोले, मलाई आकडामा खेल्ने शोख छैन, म आंकडा परिवर्तन गर्न आएको हुँ ।

कलंकी–नागढुंगा सडक, जहाँ सरकार छ : प्रधानमन्त्री ओली

Related image

प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा सरकार कहाँ छ भन्नेहरुलाई जवाफ दिने क्रममा भने , ‘वर्षौंदेखिको सपना थियो कलंकी–नागढुंगा । हेर्न जानुस् बन्दैछ राम्ररी, तीव्रताका साथ । हो त्यहाँ छ सरकार ।’ प्रधानमन्त्रीको भनाईपछि  उक्त सडक खण्डमा पुग्दा अस्तव्यस्त नै देखिन्थ्यो । केहि स्थानमा पिच गर्नका लागी तयारी गरिए पनि स्थानीय बासीको गुनासो जस्ताको तस्तैछ । केहि काम भएजस्तो देखिएपनि कामको गति सन्तोषजनक र व्यवस्थित थिएन ।

निर्मलाका हत्यारा पक्राउ परिसक्यो : उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल

Image result for रक्षामन्त्री इश्वर पोखरेल

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेले केहि दिन पहिला निर्मला पन्तको बलात्कारपछिहत्या गर्नेहरु पक्राउ परिसकेको र चाँडै सार्वजनिक गर्ने बताए । लामो समय निर्मलाको हत्यारा पक्राउ नपरेको अवस्थामा पोखरेलेको यस्तो भनाइले केहि आशा पलायो । तर उपप्रधानमन्त्रीको अभिव्यक्ति आएको निकै दिन वित्दापनि अभियुक्त भने सार्वजनिक हुन सकेन । यस बिषयलाई प्रमुख प्रतिपक्षीहरुले सदनमा मुद्धा नै बनाए ।

दशैंअघि मेलम्चीको पानी उपत्यकामा वितरण हुन्छ : खानेपानी मन्त्री बिना मगर

Image result for मन्त्री बिना मगर

खानेपानी मन्त्री बिना मगरले गत फागुनमा मन्त्री पद सम्हालेपछि मेलम्ची नै पुगेर घोषणा गरिन , आगामी दशैंमा मेलम्चीको पानी काठमाडौँको धारामा आउँछ । तर मन्त्री मगरको घोषणा केवल घोषणाका लागि मात्रै थियो भन्ने अहिले आएर पुष्टि भएको छ । ठेकेदार कम्पनी सिएमसीका कारण सरकारको घोषणालाई घोषणमै सिमित गरिदिएको छ । यस बर्षको दशैमा त पानी आउन सकेन, अर्को दशैंमा पनि पानी आउने नआउने निश्चित छैन ।

३३ किलो सुन प्रकरणमा ठूला माछा छिटै पक्राउ गरिन्छ : गृहमन्त्री राम वहादुर थापा ‘वादल’

Image result for गृहमन्त्री रामबहादुर थापा 'बादल'

गृहमन्त्री रामबहादुर थापा बादलले सुन जेष्ठ महिनाको २३ गते ३३ किलो सुन प्रकरणमा ठूला माछा छिटै पक्राउ पर्ने बताएमा थिए । उनले भनेका थिए , ‘सुरुमा भुरा माछाहरु समातिए । त्यसपछि मझौला समातिएका छन , माछा मार्न क्रम जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ’ अहिले ३३ किलो सुनकाण्ड सेलाएको छ । सुरुवाती चरणमा अनुसन्धान आयोग बनाएर छानविन भएपछि केहि व्यक्तिहरु पक्राउ परेका थिए तर अहिले पक्राउ परेका व्यक्तिहरु धमाधम धरौटीमा छुट्न लागेका छन् । अनुसन्धान जुन गतिमा हुनुपर्ने हो, त्यसो हुन नसकेको देखिन्छ ।

सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी : पर्यटनमन्त्री रवीन्द्र अधिकारी

 

Image result for पर्यटन मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी दिएको बताएका थिए । तर पछि यथार्थमा सम्पूर्ण भुक्तानी भइसकेर दुई वटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको देखिएको छ । त्यस्तै उनले वाइड विमान खरिद प्रकरणमा भुक्तानि दिने बिषयमा आफ्नो कुनै संलग्नता नरहेको बताए तर पछि उनैले रकम भुक्तानी गरेको बताए ।

के गर्दैछ सरकारी आश्वासन समिति ?

सरकारले बिभिन्न समयमा दिएको आश्वासन कार्यान्वयन भए नभएको अध्ययन अनुसन्धान गर्न राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति नै गठन भएको छ । समिति सभापति राम नारायण बिडारीले प्रधानमन्त्री र मन्त्रीहरुको आश्वासनका बारेमा छलफल भएको जानकारी दिए । विडारीले भने , प्रधानमन्त्री र मन्त्रीहरुले बोलेका आश्वासनका बारेमा छलफल भएको छ, आवश्यक परे हामी कार्यान्वयनको अवस्थाका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुसंग छलफल गछौं ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083