‘डा. केसीले प्रायोजित राजनीतिको रोटी सेक्न थाले’ : सुरेन्द्र बस्नेत

4.88K
shares

काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी)  का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनशनरत डा. गोविन्द केसी प्रायोजित राजनीतिको रोटी सेक्न थालेको दावी गरेका छन् । केसीले द्वन्द्वकालका मुद्दा ब्युँत्याएर डलरको खेती गर्नेहरुलाई मद्दत पुर्‍याएको उनले आरोप लगाए ।

आज भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को संयुक्त कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘गोविन्द केसी आफैंमा गलत हैनन्, तर गलत मनसाय बोकेकाहरुले उनलाई प्रयोग गर्न थाले ।’

‘केसी कसैको राजनीतिक रोटी सेक्न प्रयोग हुनुहुँदैन,’ बस्नेतले थपे । डा. केसीले द्वन्द्वकालका मुद्दा चर्काएर शान्ति प्रक्रिया बिथोल्न खोजेको बस्नेतले आरोप लगाए । उनले भने, ‘केसी एकाएक किन राजनीतिक मुद्दा उठाउन थाले बुझिनसक्नु छ, नेपालको शान्ति प्रक्रिया मौलिक छ । त्यो केसीले बुझ्नुपर्छ ।’

केसी राजनीतिक रुपले प्रेरित रहेको दावी गर्दै बस्नेतले भने, ‘नेकपालाई बदनाम गर्न केसीलाई कसले उचालिरहेको छ ? ’हाल संसदमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक उत्कृष्ट रहेको भन्दै बस्नेतले त्यसलाई तत्काल पारित गर्न माग गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083