फोरम नेपाल र माओवादी कम्युनिष्टबीच पार्टी एकता

4.88K
shares

काठमाडौँ । सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र माओवादी कम्युनिष्ट केन्द्रबीच सोमबार एकीकरण भएको छ । राजधानीको सोह्रखुट्टेस्थित नेपाः पार्टी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा दुई दल एकीकरण घोषणा गरिएको हो ।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । माओवादी कम्युनिष्ट केन्द्रका प्रमुख नेताका रुपमा केशव दाहाल रहेका छन् ।

दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि माओवादीको नीति सिद्धान्तमा असहमत हुँदै बाहिरिएको थियो । नेकपा कम्युनिष्ट केन्द्र तत्कालिन नेकपा माओवादीबाट २०६२ सालमा अलग्गिएर छुट्टै पार्टीका रुपमा सक्रिय हुँदै आएको छ । केही समय अघि ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ पनि संघीय समाजवादी फोरम नेपालमा बिलय भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083