प्रधानमन्त्री ओलीलाई कालो झण्डा, नेविसंघका ४ नेता पक्राउ

6.15K
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ ।

कालो झण्डा देखाउने कार्यमा संलग्न काँग्रेसको भातृ संगठन नेविसंघका ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ । स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका ओली स्वदेश फर्किने क्रममा उनीहरुले कालो झण्डा देखाएका हुन् ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेताहरु निरञ्जन थापा, सुवास घिमिरे सुदीप अधिकारी रहेका छन् ।

उनीहरुले प्रतिपक्षी दलको विरोधका बाबजुत पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाइएको छ । डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083