‘भारतले नेपाली भूमि फिर्ता नगरेर जघन्य अपराध गरेको छ’ : फणीन्द्र नेपाल

5.55K
shares

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सुगौली सन्धीका क्रममा गुमेको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने माग गरेका छन् । शनिबार नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि फिर्ता नगरेर जघन्य अपराध गरेको आरोप लगाएका छन् ।

‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा छिमेकी देश इन्डियाको ७० औँ गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई र कृतज्ञता ज्ञापन गर्दछ । तर १९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो’, विज्ञप्ति भनिएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि १८१६ मार्च ४ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिनमा भारतले कायम गरेको उपनिवेशको तत्काल अन्त्यको माग गर्दै आएको कुरा पनि विज्ञप्तिमा स्मरण गरिएको छ ।

साथै मोर्चाले नेपाल र भारत सरकारलाई सन् १९६० मा संयुक्त राष्ट्र संघद्वारा पारित उपनिवेशको अन्त्यसम्बन्धी १५१४ नं। को प्रस्तावको पालना गरी संयुक्त राष्ट्र संघको निर्णयको सम्मान गर्न पनि आग्रह गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083