आफैँले दिएको विज्ञप्तिका कारण विवादमा तानिए डा. गोविन्द केसी !
वि.सं.२०७५ माघ १२ शनिवार १४:४८
shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकले बहुचर्चित चिकित्सा शिक्षा विधेयक–२०७५ पारित गरेसँगै अनसनरत डा. गोविन्द केसीले निकालेको विज्ञप्ति विवादमा तानिएको छ ।
केसीले शुक्रबार निकालेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीको निणर्य क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दुर्भाग्यपूर्ण भएको’ उल्लेख छ ।
डा. केसीको यस्तो अभिव्यक्तिले अङ्ग प्रत्यारोपण गरेका नागरिकमा नकारात्मक असर पर्ने र हाडजोर्नीको चिकित्सक केसीले अङ्गप्रत्यारोपणको विषयमा बोल्नु गलत भएको वीर अस्पतालमा कार्यरत पारामिडिक्स हिमाल तिवारीले जानकारी दिए ।
यो पनि पढ्नुहोस्:
डा. केसीको अनशन नै फेल : केसीले विधेयक पढेनन् कि सत्तापक्षले बुझेनन् ?
उनले आफूले पनि किड्नी प्रत्यारोपण गरेको ११ वर्ष भएको भन्दै आफ्नो स्वास्थ्यमा कुनै पनि समस्या नभएको स्पष्ट पार्दै केसीको अभिव्यक्तिप्रति आपत्ति जनाए । पारामेडिक्स तिवारी भने “अङ्ग प्रत्यारोपण गरेको मान्छे कमजोर हुन्छन् भन्ने समाजको बुझाई हुन्छ । कतिपय मान्छेको जन्मँदै एउटा किड्नी हुन्छ भने दुबै किड्नीले काम गर्न छाडे पछि एउटा प्रत्यारोपण गरिन्छ । नयाँ किड्नी लिएपछि व्यक्ति स्वस्थ्य हुन्छ । मानसिक शारीरिक कुनै पनि समस्या हुँदैन ।”
यस्तै निवारीले डा. केसीले प्रधामन्त्रीले खाएको औषधिले मानसिक समस्या हुन्छ भने पनि किड्नी प्रत्यारोपण गरेको व्यक्तिले खाने औषधिले कुनै पनि किसिमको मानसिक समस्या नहुने बताए । अङ्गप्रत्यापरोपण गरेको मान्छेले समाज धेरै राम्रो कामहरु गरिरहेको भन्दै उलने डा. केसी चिकित्सक जस्तो मान्छेले यस्तो भन्नु गलत भएको बताए ।
डा. केसीले दिएको अभिव्यक्तिले अङ्गप्रत्यारोपण गर्ने व्यक्तिलाई नकारात्मक तरिकाले हेर्ने र यस्ता व्यक्तिले समाज,परिवारमा कुनै पनि कुराको निणर्य गर्दा मानसिक समस्या पो भएको छ की भन्ने शंका गर्ने अवस्था देखिएको उनले गुनासो गरे । प्रत्यारोपण गरेको व्यक्तिमा स्वस्थ्य व्यक्ति भन्दा अलि छिट्टै इन्फेक्सन हुने हुँदा यस्ता कुराबाट जोगिन सक्ने हो भने अरु कुनै पनि समस्या नुहने उनले बताए ।
चिकित्सकले बिरामीलाई सहजीकरणको व्यवहार गर्नुपर्ने भएपनि केसीको विज्ञप्तिमा त्यस्तो नदेखिएको उनले आरोप लगाए ।
‘प्रत्यारोपण गरको व्यक्तिमा समस्या छैन्, समाजले सहयोग गर्नुपर्छ भन्नु पर्ने ठाउँमा प्रधानमन्त्रीलाई जोडेर समग्र नागरिकलाई भनिएको छ ’ उनले भने, ‘केसीलको अभिव्यक्तिले १९ औ शताब्दीमा फर्काउन खोजिएको छ ।’ उनले केसीको अभिव्यक्तिको विषयमा प्रत्यारोपण गरेका व्यक्तिहरुबीच कानूनी बाटोमा जाने विषयमा छलफल भइरहेको पनि बताए ।











