प्रधानमन्त्री ओली आज सिरहा जादैँ
वि.सं.२०७५ माघ १९ शनिवार १२:४८
5.27K
shares
shares

काठमाडौँ । प्रधानन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाने भएका छन् । तत्कालीन नेकपा एमालेका नेता हेमनारायण यादवको १२ औं स्मृति सभालाई सम्वोधन गर्न ओली सिरहा जान लागेका हुन् ।
सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा हुन लागेको स्मृति सभास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्वोधनसँगै ओलीले आजै जिल्ला पार्टी कार्यालय र चन्द्रमाविको छात्राबास भवन शिल्यान्यास गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएको छ ।
नेता हेमनारायण यादवको २०६३ माघ १९ गते पार्टीको वैठकमा सिरहा घरबाट धनगढी जाने क्रममा गागनखोलाबाट अपहरणगरी हत्या गरिएको थियो । नेता यादवको हत्या तत्कालीन शाही सेनाले हत्या गरेको भनिएपनि त्यसको आधिकारिकता अझै पुष्टि हुन सकेको छैन ।





























