गोविन्द केसीको अनशनसँगै सकियो कांग्रेसको आन्दोलन, आजदेखि संसदको अबरोध हट्ने
वि.सं.२०७५ माघ २० आइतवार ११:१४
5.08K
shares
shares

काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व नेता समेत रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.गोविन्द केसीको अनशनसँगै कांग्रेसको आन्दोलन पनि सकिएको छ । केसीको माग पूरा गर्नुपर्ने नाममा संसद बैठकमा अबरोध गर्दै आएको कांग्रेसले आफ्नै पहलमा केसीको अनशन तोडाएपछि संसदको अबरोध हटाउने निर्णय लिएको हो ।
आइतबार दिउँसो ३ बजे बस्ने संसदको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्ने र बैठकमा गरिएको अबरोध अन्त्य गर्ने निर्णय भएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सरकारविरूद्धको रणनीति तय गर्न आजै संसदीय दलको बैठक पनि बोलाएको छ ।





























