‘प्रदेशको नाम र राजधानी कसैको निर्देशन र दबाबमा तोकिदैन’ : मुख्यमन्त्री राई

6.53K
shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने स्प्रष्ट पारेका छन ।

उनले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलमा आइतबार संचारकर्मीहरुसँगको भेटमा मुख्यमन्त्री राईले भने, ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने छ, प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइनेछ ।’

उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए । उनले आइतबारबाट सुरु हुने हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताए । प्रदेशसभाको हिउँदे अधिबेशन आइतबारबाट सुरु हुँदैछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083