‘पराजित हुने डरले कांग्रेस स्ववियू निर्वाचनबाट भाग्दैछ’ : झलनाथ खनाल

5.73K
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुट्न आग्रह गरेका छन् । वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफैं कमजोर हुँदैं जाने चेतावनी दिए ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक सप्ताह समापन कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे । स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली कांग्रेसलाई सचेत गराए । आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली कांग्रेसले स्ववियू निर्वाचन फागुन १४ गतेबाटपछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।

वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे । मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।