गृहमन्त्रीलाई सांसदको प्रश्न : ‘निर्मलाको हत्यारा बालुवाटारमा बस्छन् कि सिंहदरबारमा ?’

4.29K
shares

काठमाडौँ । सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको सवाल जबाफसत्रमा सहभागी हुँदै सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप लगाए ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको भन्दै अपराधीलाई पनि जोगाउन लागेको आरोप लगाइन् । चाँडो भन्दा चाडो निर्मलाका हत्यारालाई पक्राउ गरियोस । निर्मलाका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा छन् ?, उनले प्रश्न गरिन्, अपराधीलाई चाँडो भन्दा चाँडो कानुनकी दायरामा ल्याउन सक्नुपर्छ ।

सांसदहरुको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण टुंगोमा पुग्न लागिसकेको बताउँदै चाँडै टुंगोमा पुग्ने आश्वासन दिए । थापाले अपराधीहरुलाई कुनै पनि हालतमा छाड्न नसकिने बताउँदै प्रहरीले यसको गम्भीर अनुसन्धान अहिले पनि जारी राखेको जानकारी सांसदहरुलाई दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083