बाहिर चमेना गृहको बोर्ड, भित्र यौनधन्दा : ६ जना पक्राउ
वि.सं.२०७५ माघ २४ बिहीवार १७:००
shares

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले यौन व्यवसाय गरेको आरोपका चमेनागृह तथा गेस्ट हाउस संचालिका सहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही माघ १९ गते सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श स्थित पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह तथा गेष्ट हाउसको कोठामा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।
खान्तलासी गर्दा उक्त गेष्ट हाउसको कोठामा अनैतिक क्रियाकलाप गरिएको अवस्थामा पाँच जनालाई फेला पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
कोठाभित्र अन्य प्रमाणहरु समेत बरामद गरी गेष्ट हाउस संचालिका नुवाकोट तादी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष ४५ की गोतामेलाई पनि पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बिहिबार अयोजित पत्रकार सम्मेलनमा बताए ।
उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।































