युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछः मुख्यमन्त्री पौडेल

5.86K
shares

हेटौँडा। राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ।

दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बताए।

उनले राष्ट्रलाई सफलताको गन्तव्यमा पु¥याउन युवा शक्तिले पहल गर्नुपर्ने विचार राखे। स्वदेशमा बसेर काम गर्न लाज वा धक मान्ने प्रवृत्ति हटाउनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले विदेशमा जस्तोसुकै काम गर्ने तर आफ्नो देशमा कृषिमा काम गर्न लजाउने प्रवृत्ति त्याग्नुपर्ने बताए।

कार्यक्रममा अर्थ मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले युवाले भान्सादेखि दैनिक जीवनमा आइपर्ने हरेक कार्य गर्न आफूलाई सक्षम बनाउनुपर्ने धारणा राखे। कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका युवा उद्यमी सहभागी रहने युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083