राष्ट्रियसभा बैठक : दफावार छलफलका लागि ४ वटा विधेयकलाई विधायन समितिमा पठाइयो

5.32K
shares

काठमाडौं। राष्ट्रियसभाले विभिन्न ४ वटा विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त निवृत्तिभरणकोष विधेयक, नागरिक लगानी कोष दोश्रो संशोसन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो।

बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तीन वटै विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको तर्फबाट अर्थमन्त्री डाक्टर खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भनी प्रस्ताव गरेका थिए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको तर्फबाट गृहमन्त्री राम बहादुर थापाले जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाईयोस् भनी प्रस्ताव गरेका थिए।

शुक्रबारको बैठकको सुरुमा सचिव राजेन्द्र फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देश सहित प्रतिनिधिसभामा पठाईएको वेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग दोश्रो संशोधन विधेयक २०७५ प्रतिनिधिसभाको २३ गतेको बैठकबाट संशोधन विना पारित भएको सन्देश प्राप्त भएको जानकारी गराएका थिए।

यसैबीच ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य विन्दा आलेले शान्ति पुर्ण प्रर्दशनका क्रममा विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिई यातना दिने काम भएको भन्दै प्रहरी नियन्त्रणमा रहेका परशुराम बस्नेत, विनय पौडेल र डिफान भुजेललाई तत्काल विना सर्त रिहाई गर्न माग गरिन्। राष्ट्रियसभाको अर्को बैठक माघ २९ गते मंगलबार बिहान ११ बजे बोलाईएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083