राजनीतिक दबाबपछि चर्चित गायक ‘पशुपति शर्मा’ले हटाए आफ्नो गित !

7.15K
shares

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट हटाएका छन्। गीत सार्वजनिक भएपछि सत्तामा रहेको नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि उनले सो गीत शनिबार हटाएका हुन्।

उक्त गीतमा ‘वाइडबडी’को भ्रष्टाचारीमाथि कारवाही नभएको सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउने जस्ता कुराहरू उल्लेख गर्दै व्यग्य गरिएको छ।

गीत हटाएका पशुपति शर्माले आफ्नो गीतको उदेश्य सुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा सचेत हुँदै विसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्ययले बनाएको भएपनि गीतमा समावेश केही शब्दहरुमा आफ्ना केही शुभचिन्तकहरुको असंतुष्टि जनाएकाले जुन जुन शब्दमा असन्तुष्टि देखिएको हो त्यसलाई परिमार्जन गर्दै पुनस् राख्ने भएकाले हटाएको जनाएका छन्।

उनले यस्तो आफ्नो फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका हुन्।

‘मैले कुनै राजनीतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पुर्वाग्रह पनि छैन। तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो, म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु। केही समय लाग्ला। ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छुु, उनले फेसबुकमा लेखेका छन्, ‘अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु।’

त्यसैगरी स्टाटसमा शर्माले गीतका कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ठ्यारो पारेको भए माफी चाहन्छु पनि भनेका छन्।

 पशुपति शर्माको फेसबुक स्टाटस:

https://www.facebook.com/pashupati.sharma.577/posts/2178594845539748

शर्माको सार्वजनिक गीतमा सतारूढ दलका समर्थक तथा नेताहरूको असन्तुष्टि पोखेका छन् जसमा नेकपाको भातृ संगठन युवा संघका नेता किरण पौडेल पनि एक हुन्।

उनले फेसबुकमा स्टाटस लेख्दै पशुपति शर्मालाई बहिष्कार गर्न अपिल नै गरेका छन्। उनले शर्माको गीत आफ्नो दल र सरकारप्रि पूर्वाग्रही हुँदै गाइएको र गीत कांग्रेसको पक्षपोषण गर्ने चुनावी गीत जस्तो भएको स्टाटसमा लेखेका छन्।

किरण पौडेलको स्टाटस:

त्यसैगरी नेकपाकी सांसद नाकाबन्दीविरूद्ध सशक्त प्रतिकार गर्ने सरकार प्रमुखलाई ‘यमराज’ जस्ता शब्द प्रयोग गरिएको र नेपालको बेइज्जती गीतले गरेको भन्दै असन्तुष्टि पोखेकी छन्।

शान्ता चौधरीको फेस्बुक स्टाटस:

चर्को विरोध खेप्न नसकेपछि पशुपति शर्माले उक्त गीत फेसबुकबाट हटाएपनि अन्य च्यानलहरूले आफ्नो च्यानल र फेसबुकमा अपलोड गरेका छन्।

हेर्नुहोस् भिडियो :

https://youtu.be/Hq7WP8TyKTM


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083