‘भ्रष्टाचारीलाई राजीनामा गराएर उन्मुक्ति दिन हुँदैन’ : रामचन्द्र पौडेल

5.36K
shares

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन्। तनहुँको दमौलीमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्ने माग गरे।

देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए। वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले संसदमा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै राष्ट्रिय महत्वका विषयमा काङ्ग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा राखे।

फरक प्रसंगमा नेता पौडेलले काङ्ग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताए। वर्तमान कार्यसमितिलाई म्याद थप्ने अधिकार नभएको भन्दै पौडेलले समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083