‘भ्रष्टाचारीप्रति वर्तमान सरकार आक्रामक रुपमा प्रस्तुत हुन्छ’ : माधव नेपाल

4.3K
shares

रौतहट । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्। उनले वर्तमान सरकार भ्रष्टाचारीप्रति आक्रामक रुपमा प्रस्तुत हुने पनि बताए।

राजदेवी मिडिया सेन्टरद्वारा मंगलवार रौतहटको गौरमा आयोजित ‘सातौं महिला साइकल दौड प्रतियोगिता’ मा विजयी भएका छात्रालाई पुरस्कार वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालले भ्रष्टलाई कुनै हालतमा नछाडिने बताए।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता स्थापना भई संविधान जारी भएपनि सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य अझै बाँकी रहेको भन्दै नेता नेपालले जनता सुखी एवम् समृद्ध नभएसम्म देशमा विकास हुन नसक्ने स्पष्ट पारे।

नेता नेपालले हुलाकी राजमार्ग सम्पन्न गराउने, मध्य लोकमार्ग पूरा गराउने, पुर्व पश्चिम राजमार्गलाई ८ लेनको बनाउने, मेचीदेखि महाकालीसम्म विद्युतीय रेल संचालन गर्ने, समाजिक सुरक्षा भत्ता, मजदुर, श्रमिकलाई सुरक्षा भत्ता, वेरोजगारलाई भत्ता वा रोजगारको व्यवस्था गर्ने जस्ता लक्ष्यका साथ वर्तमान सरकार अघि बढेको पनि बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083