शिक्षामन्त्री भन्छन्– हाम्रो दोष छैन, गल्ति भए अष्ट्रेलियन दूतावासले किन भिसा दिन्थ्यो ?

5.64K
shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु अप्ठेरोमा परेको घटनामा नेपाल सरकारको कुनै दोष नरहेको बताएका छन्। उनले यसबारेमा छानबिन समिति गठन गरिएको र परराष्ट्र मन्त्रालय तथा अष्ट्रेलियास्थित नेपाली दूतावासको पहलमा समाधानको प्रयास भइरहेको जनाए।

‘‘यदि तोकिएको विषय पढाइ नहुने कलेज थियो भने अष्ट्रेलियाको दूतावासले विद्यार्थीलाई भिसा नै नदिन सक्थ्यो। तर किन दियो ? त्यसैले हाम्रो यसमा कुनै कमजोरी छैन। कागजात पुर्याएर नै र बुझेर नै उनीहरुले भिसा दिएका होलान्,’’ उनको भनाइ थियो। मन्त्री पोखरेलले यहाँबाट कुन कन्सल्ट्यान्सीबाट पठाइएको हो, त्यसबारेमा पनि सरकारले छानबिन गरिरहेको समेत बताए।

नो अब्जेक्सन लेटर शिक्षा मन्त्रालयले नै दिएको र शिक्षा मन्त्रालयका अधिकारीहरु नेपाली विद्यार्थी अहिले अलपत्र परेका कलेजहरुको बारेमा बुझ्न अष्ट्रेलियासमेत गएको भन्ने बारेमा शिक्षामन्त्री पोखरेलले बचावट गर्दै भने, ‘‘हाम्रो त्यसमा केही गल्ति छैन। त्यस्तो गल्ति थियो भने अष्ट्रेलियाको दूतावासले भिसा नै दिँदैनथ्यो।

उनले अहिले अष्ट्रेलियासमेत बंगलादेश, दक्षिण कोरिया, मरिसस लगायतका देशमा पढिरहेका नेपाली विद्यार्थीलाई पनि केही समस्या आइरहेको बताउँदै त्यसमा पनि सरकारले हेरिरहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083