बलात्कारको आरोप लागेका वडा अध्यक्ष रेग्मीलाई अदालतको सफाई

4.55K
shares

दमौली, तनहुँ । बलात्कारको आरोपमा पक्राउ परेका शुक्लागण्डकी नगरपालिका ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले अदालतको सफाई पाएका छन्। रेग्मीलाई तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले गत सोमबार सफाइ दिएको जिल्ला अदालत स्रोतले जनाएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। रेग्मी गत स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए। युवतीले आफूलाई पटक–पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै न्यायिक समिति शुक्लागण्डकी नगरपालिका दुलेगौंडा र वडा प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिइन्।

पीडित युवतीले वडाध्यक्ष रेग्मीले असोज २९ गते र कात्तिकमा २ पटक बलात्कार गरेको भनी गत मंसिर ६ गते उजुरी दर्ता गराएकी थिइन्। युवतीले ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएलगत्तै फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। युवती बलात्कारको आरोप लागेपछि वडाध्यक्ष रेग्मीको जनप्रतिनिधिको हैसियतमा पाउने सेवासुविधा समेत नगरपालिकाले कटौती गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083