सरकारको कार्यशैलीप्रति नेता नेपालको असन्तुष्टी
वि.सं.२०७५ फागुन ११ शनिवार १७:३९
shares

काठमाडौं। सत्तारुढ दल वरिष्ठ नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन्। शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बार्षिक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहिनताका कारण सबै तिर भ्रष्टाचार मौलाउदै गएको बताए।
उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे। दण्डहिनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उनले आक्रोश प्रकट गरे। अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभुति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए।
नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे। जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरुलाई राष्ट्रिय समस्याको रुपमा लिदै समयमै सम्बोधन नहुने हो भने त्यसले बिसंगति निम्त्याउने भन्दै उनले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराए।


















