कांग्रेस ध्वस्त बनाउने केसी दाजुभाई देउवा विरुद्ध सक्रिय

5.1K
shares

काठमाडौँ । नेपाली कांग्रेसको ‘गढ’ मानिने नुवाकोट जिल्लालाई आन्तरिक विवाद र परिवारवादका कारण ध्वस्त बनाएका अर्जुन नरसिंह केसी र जगदीश्वर नरसिंह केसीका दाजुभाईले सभापति शेरबहादुर देउवाको व्यक्तिगत रुपमा विरोध थालेका छन्। केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउन नहुने कुरालाई उठाएर केसीका दाजुभाईले देउवाविरुद्ध अभियान नै चलाएका छन्। केन्द्रीय सदस्यहरू बुथमा प्रतिनिधि बन्न जाने हो भने अरु कार्यकर्तालाई महासमिति सदस्य बन्ने बाटो बन्द हुनेछ।

त्यति मात्रै होइन अहिलेको कन्द्रीय कार्यसमितिमा देउवाको बहुमत छ। आगामी महाधिवेशनमा ७० जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि केन्द्रीय कार्यसमितिका कारण देउवाको पक्षमा हुनेछन्। त्यही प्रतिनिधिहरूलाई रोक्न केसीका दाजुभाई सक्रिय भएर लागेको आरोप छ। केसी दाजुभाईले नेपाली कांग्रेस सुधारका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा सभापति देउवाको कठोर आलोचन गर्न थालेको आरोप छ।

नुवाकोट जिल्लामा केसी समूहले कांग्रेसलाई कब्जा गरेर राखेकै कारण दिन प्रतिदिन कांग्रेस जिल्लामा कमजोर बन्दै गएको छ। नुवाकोट जिल्लाको सभापति जगदीश्वर नरसिंह केसी छन्। केसी समूहका कारण नुवाकोटमा नेपाली कांग्रेसले निर्वाचनमा नराम्रोसँग पराजय भोग्न बाध्य भएको उजुरी पार्टी कार्यालयसम्म पुगेको थियो।

व्यक्तिगत स्वार्थका लागि महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुन नरसिंह केसी पराजित भएपछि देउवा समूहको विरोध गर्दै आएका छन्। केसीले समूह परिवर्तन गरेर नेता रामचन्द्र पौडेललाई साथ दिँदै आएका छन्। नुवाकोट जिल्लामा केसी समूहले डा.रामशरण महत समूहलाई पेल्दै आएको छ। डा.महत समूहलाई पेल्ने बहानामा केसी समूहले कांग्रेसलाई ध्वस्त बनाएको आरोप छ। नेपाली कांग्रेसका लागि केसी परिवारभन्दा महत परिवार उदार रहेको स्थानीय नेता तथा कार्यकर्ताहरूको भनाइ छ।

यद्यपि, पछिल्लो समय नुवाकोट जिल्लामा डा.महतको समूहले आफूलाई बलियो बनाएर लगेको छ। जिल्ला महाधिवेशन भयो भने केसी समूहको हातबाट नेतृत्व फुत्किने पक्का रहेको एक नेताले बताए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083