सुरक्षा संवेदनशीलतामा ध्यान दिन सरकारलाई मानव अधिकार आयोगको आग्रह

4.32K
shares

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सुरक्षा संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको छ।

आयोगका निमित्त सचिव तथा निर्देशक मुरारिप्रसाद खरेलले प्रेस विज्ञप्ति प्रकाशित गरी केही दिन अघि देशका विभिन्न ठाउँमा भएका बम विष्फोटका घटनाप्रति ध्यानाकर्षण भएको यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका हुन्।

विज्ञप्तिमा विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचारको ब्यवस्थापन गर्न पनि सरकारसँग माग गरिएको छ। गत शुक्रबार राति नख्खुमा रहेको एनसेलको कार्यालय परिसरमा भएको विष्फोटमा एकजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन्।

शुक्रबार राति र शनिबार जाजरकोट, बाग्लुङ, रुपन्देही, कपिलवस्त, पूर्वी नवलपरासी, कास्की, नुवाकोट लगायतका ठाउँमा पनि बम विष्फोट भएको थियो। त्यसको जिम्मा विप्लव समूहको नेकपाले लिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083