राष्ट्रियसभाको बैठक आज, संशोधन विधेयक प्रस्तुत गर्ने

4.15K
shares

काठमाडौं। राष्ट्रियसभाको बैठक आज बुधबार बस्दैछ। संसद भवनमा दिउँसो १ बजे पछि बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्ने संशोधन विधेयकका विषयमा छलफल हुनेछ।

आजको बैठकमा प्रतिनिधिसभा बाट सन्देश सहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव मन्त्री ढकालले प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संदलका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिए।

त्यस्तै बैठकमा प्रतिनिधिसभा बाट सन्देश सहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083