पोष्टमार्टमको समय लम्बिएपछि आजको टुँडिखेलको श्रद्धाञ्जली सभा स्थगित

4.84K
shares

काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ।

यस सँगै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारी सहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो। सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो।

तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ। चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिने ४/५ घन्टा लाग्छ।