मन्त्री पुनको अवस्था सामान्य, आज डिस्चार्ज हुन सक्ने
वि.सं.२०७५ फागुन १७ शुक्रवार १०:५२
4.82K
shares
shares

काठमाडौँ । विहिबार अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाई मन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ। अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्थामा सुधार आएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उहाँका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनु भएको छ। यद्यपी आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुंगो लाग्ने उहाँले बताउनुभयो।































