मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने
वि.सं.२०७५ फागुन १७ शुक्रवार १५:४२
7.4K
shares
shares

पोखरा। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ।
पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए। पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका हुन्।
पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ। नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ। रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ। अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन्।














