प्रतिपक्ष सहयोगी बन्न सक्नुपर्छ : प्रवक्ता श्रेष्ठ

4.5K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश विकासका लागि प्रतिपक्ष दल पनि सहयोगी बन्न सक्नुपर्ने बताउनु भएको छ। गोरखाको पालुङटार नगरपालिका–५ आँपपिपलमा शनिबार आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

प्रवक्ता श्रेष्ठले जनताले वास्तविक अनुभूति गर्ने गरी सरकारले विकासको काम अघि बढाएको भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताउँदै भन्नुभयो, वर्तमान सरकारले सकारात्मक ढङ्गले पहलकदमी लिइरहेको छ, त्यसलाई जनतासम्म पु¥याउन सबैको पहल कदमी आवश्यक छ।

उहाँले सरकारले गरेका राम्रा काममा प्रतिपक्ष लगायतका दललाई हातेमालो गरेर अघि वढ्न आग्रह समेत गर्नुभयो। विकास सरकार र सत्तारुढ पार्टीको मात्र एजेण्डा बन्नु हुँदैन, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “प्रतिपक्ष, अन्य राजनीतिक दल र आम जनताको पनि एजेण्डा बन्नुपर्छ।

समृद्धि केही धनीमानी, शहरवासीले मात्र नभएर गाउँगाउँ र कुनाकुनाका जनताले महसुस गर्ने गरी हुनुपर्नेमा उहाँले जोड दिनुभयो। प्रवक्ता श्रेष्ठले जनताको त्याग तपस्या र बलिदानबाट आएको राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्र सीमित गर्न नहुने भन्दै संविधानमा उल्लेखित नागरिकको मौलिक हक पूरा गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083