पूर्व-उपप्रधानमन्त्री अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटोफिचर)

8.49K
shares

काठमाडौँ। उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरुले दागबत्ती दिए।

नेता अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो। पूर्व उपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन भएको हो। ‘करेन्ट निमोनिया’ कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो।


नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए।

२०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने कार्यक्रम ल्याए। २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।