संसदबाटै मागिन् कोमल वलीले माफी
वि.सं.२०७५ फागुन २९ बुधवार १६:४९
8.85K
shares
shares

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन्। आफूले प्रयोग गरेको एक उखानका कारण विवादमा तानिएपछि उनले संसद बैठकबाटै माफी मागेकी हुन्।
एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रयोग गरेको उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए। बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन्।
‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ। मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन्।




























