मोराटालाई हराउदै स्पेनको विजयी
वि.सं.२०७५ चैत १३ बुधवार १२:२४
4.38K
shares
shares

काठमाडों। अल्भारो मोराटाले दुई गोल गर्दा स्पेनले युरोपियन च्याम्पियनसिप छनोटमा माल्टालाई पराजित गरेको छ।
समूह एफमा रहेको स्पेनले गएराति भएको खेलमा माल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो।
२०१० को विश्वकप विजेता स्पेनविरुद्धको खेलमा रक्षात्मक बनेको माल्टामाथि जीत निकाल्न मराटाले खेलको ३१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यस्तै मोराटाले खेलको ७३ औं मिनेटमा गोल गर्दै टिमलाई २-० गोल अन्तरको जित दिलाएका थिए।
जीतसँगै स्पेनले ६ अंक बनाएको छ। यसअघि स्पेनले नर्वेलाई पराजित गरेको थियो।






























