बारामा एसईई परीक्षार्थी र प्रहरीबीच झडप, प्रहरी भ्यानमा आगजनी, ६ राउन्ड गोली फायर

5.45K
shares

काठमाडौं। बाराको जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन्। एसईई परीक्षाको प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा स्थगित भएको छ। परीक्षा स्थगित भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन्।

विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीको समूहले प्रहरी भ्यानमा समेत आगजनी गरेका थिए।

परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ।

एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरलेलले पत्रकार सम्मेलन गरी सम्पूर्ण परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083