ओली-प्रचण्ड नेतृत्वको नेकपाको नाम फेर्न मोहन वैद्यको सुझाव

4.51K
shares

बुटवल। नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका छन्।

ओली नेतृत्वको सरकार नाम मात्रैको कम्युनिष्ट सरकार भएको भन्दै यसबाट कम्युनिष्ट पार्टीकै बदनाम भएको वैद्यले दाबी गरे। वैद्यले सत्तारुढ नेकपालाई नाम फेर्न समेत सुझाव दिएका छन्। आफ्नो विचार, सिद्धान्त छोडेर हिँडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने वैद्यको भनाई थियो, ‘सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् भनेर भन्नुस्।

शनिबार बिहान बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै महासचिब वैद्यले सरकारले क्रान्तिकारीहरुलाई दमनको प्रकृया अगाडि बढाएको भन्दै आपत्ति समेत जनाए। प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले अहिले लगानी सम्मेलनमा प्रधानमन्त्री नयाँ शब्द ल्याएको बताए।

‘प्रधानमन्त्रीले आफ्नो कुरा मात्रै गर्नुहुन्छ कुरामा गर्ने हो भने उहाँले नेपालमा विकास कहा पुर्याउनुभयो पानीजहाज, रेलगाडी कुदाइसक्नु भो अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभाछ भर्जिन ल्याण्ड उनले भने। नेपालको प्रगतिका लागि प्राथमिकता स्वदेशी लगानीलाई दिनुपर्ने भन्दै उनले विदेशीलाइ मात्रै बोलाएर विकास र समृद्धि नहुने प्रष्ट पारे।

उनले वर्तमान सरकारबाट बिकास र समृद्धि सम्भव नभएको दावी पनि गरेका छन्। भाषण र शब्दजालले मात्रै संवृद्धि आउँदैन सरकारका गतिविधिले संमृद्धिको लक्षण र सम्भावना नदेखाएन’ उनले भने। नेपालमा विकास र समृद्धिका लागि विरोधका स्वरहरुलाई सरकारले समाधान गर्नुपर्ने उनको सुझाब छ।

सरकार दुइतिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिँडेको आरोप लगाउँदै उनले सरकारले गरेका पछिल्ला ३ वटा घटनाले त्यसलाई पुष्टि गरेको दाबी गरे। उनले रेशम चौधरी, सिके राउत र नेकपा विप्लव प्रकरण गरी तीनवटा घटनामा सरकारको स्पष्ट जवाफ मागे। सिके राउतसँग अचानक सहमति गर्ने तर रेशम चौधरीलाई भने जेल हाल्ने अनि विप्लवलाई प्रतिबन्ध लगाउनु गलत काम भएको उनले बताए।

देशको राष्ट्रिय सार्वभौमसत्ता झन् संकटमा परेको भन्दै उनले सरकार कुनै कुरामा गम्भीर नभएको वैद्यको दाबी थियो। विप्लव लगायतका पार्टीसँग एकताको कुरा के हो भन्ने प्रश्नमा उनले पहिले पार्टी एकता सफल नभएको र अहिले तत्काल त्यो सम्भव नभएको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083