बारा र पर्सामा भिषण आँधी हुरीमा परेर २८ जनाको मृत्यु ,५ सय भन्दा वढी घाइते

5.59K
shares

बारा । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ र पर्सामा ४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो। आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ। यता एक्कासि आएको हावाहुरीका कारण पर्सामा चार जनाको मृत्यु भएको छ। पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083