उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्री थापाको निर्देशन
वि.सं.२०७५ चैत १८ सोमवार १०:४४
6.58K
shares
shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गरेका छन्।
गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरण अनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए।
आज बिहान एक सूचनामार्फत मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको समेत उल्लेख गरेका छन्।
उनले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्।






























