घाइतेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको छ-स्वास्थ्य मन्त्रालय

4.69K
shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परि घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सो घटनामा परी घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।

सोमबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्ता श्रेष्ठले हावाहुरीमामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको पनि बताए।

आइतबार साँझ आएको हावाहुरीमा परि बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो। सो घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेटौडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको छ। प्रवक्ता श्रेष्ठले घाइतेहरुको बारा र पर्सास्थिति विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भइरहेको बताए। काठमाडौं ल्याइएका घाइतेहरुमध्ये २ जनाको अवस्था जटिल रहेको पनि प्रवक्ता श्रेष्ठले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083