इङलिश प्रिमियर लिगमा आर्सनल तेस्रो स्थानमा उक्लियो

4.9K
shares

एजेन्सी । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा आर्सनलले मध्यम टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो। घरेलु मैदानमा सानदार प्रदर्शन गरेको आर्सनलको जितमा एरोन राम्सेले ३०औं मिनेटमा खाता खोले। ८३औं मिनेटमा अलेक्सान्ड्रे लाकाजेट्टीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्।

पछिल्लो खेलमा लयमा देखिएको आर्सनलले डेढ महिनाअघि १० अंकले अगाडी रहेको टोट्टनहामलाई अहिले पछि पारेको छ। जितसँगै लिगमा तेस्रो स्थान बनाएको आर्सनको ३१ खेलबाट ६३ अंक पुगेको छ। ३५ अंक बनाएको न्युक्यासल १४औं स्थानमा छ। चौथो स्थानमा रहेको टोट्टनहाम र पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको समान ६१ अंक छ। शीर्ष स्थानमा आसिन लिभरपुलको ७९ अंक र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083