घाइतेलाई भेटेपछि देउवाले भने- उपचारमा अझै चुस्तता आवश्यक

4.47K
shares

बीरगन्ज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीरगन्ज पुगेर बारा, पर्सामा आइतबार राति गएको हावाहुरीबाट घाइते भएकाहरुसँग भेट गरेका छन्।

मंगलबार बिहान नारायणी अञ्चल अस्पताल पुगेर देउवाले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन्। घाइतेहरुको अवस्था बुझेपछि देउवाले उपचारमा अझै चुस्तता आवश्यक रहेको बताए।

उनले केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने आवश्यकतासमेत औंल्याए। केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउनुपर्ने देखिएको छ त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083