आँधी पीडितलाई १५ दिनको तलब दिने बाबुरामको घोषणा

4.02K
shares

काठमाडौं। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहतमा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

डा. भट्टराईले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भनेका छन् बारा-पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहतमा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ।

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्। त्यसैगरी राहतको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन भट्टराईले आह्वान गरेका छन्।

जम्मा भएको रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी भट्टराइले जनाएका छन्। मैले व्यक्तिगत रूपमा प्रतिनिधिसभा सदस्य बापतको आफ्नो आधा महिनाको तलब प्रदान गर्नेछु उनले सर्कुलरमा भनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083