नेपाली जनताका ढुकढुकी ‘कुलमान घिसिङ’को चर्चा अन्तत : विश्व सम्म!

7.62K
shares

भुमिराज अधिकारी

काठमाडौ । रामेछाप जिल्ला बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानकै कुशेश्वर माविमा अध्ययन गरेका उनले ६ कक्षा पछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा अध्ययन गरेका थिए।

घिसिङले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए। लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यस पछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएसी गरेका थिए। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सके पछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।

२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउन देखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए।

रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए। तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा हुन सफल भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।

कमिटिले मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, प्राधिकरण, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत आयोजना विकास समितिबाट प्रस्ताव माग गरेको थियो। घिसिङले चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका छन् थिए। अहिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा उनी नै छन्।

लोडसेडिङ हटाउने को हुन् त कुलमान घिसिङ? आखिर के -के गरे त काम

कुलमानको सफलता : १० प्रतिशत विद्युत चुहावट नियन्त्रण, ७ अर्ब आम्दानी

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७५ / ७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष औसत २०.४५ प्रतिशत रहेको बिजुली चुहावटलाई चालू आवको ५ महिनामै १५.४५ मा झार्न प्राधिकरण सफल भएको हो।

यो लक्ष्य भन्दा धेरै प्रगति हो। चालू आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ। २०७३ सालमा आफूले प्राधिकरणको नेतृत्व सम्हाले पछि कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाएका छन्।

उनले प्राधिकरणको जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट २५.७८ प्रतिशत थियो। विद्युत चुहावट झन्डै दस प्रतिशत विन्दुले घट्दा प्राधिकरणलाई अहिलेको मूल्यमा सात अर्ब भन्दा बढी आम्दानी हुने घिसिङले जनाए। अर्थात्, प्राधिकरणले चुहावट नियन्त्रणबाट मात्रै ७ अर्ब रुपैयाँ कमाउने छ।कार्यकारी निर्देशक घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुक भर अभियानकै रूपमा चालिएका कदमले चुहावटमा उल्लेख्य कमी आएको बताए।

‘यो आर्थिक वर्षको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरि रहेका छौं। यस कार्यमा विशेष गरी वितरण तथा ग्राहक सेवा अन्तर्गतका व्यवस्थापक र दिन रात नभनी खटिएका कर्मचारी साथीहरूको भूमिका महत्त्वपूर्ण रहेको छ,’ घिसिङले भने।

चुहावट नियन्त्रणका लागि राति खटिँदा आफ्ना कर्मचारीहरूले पिटाई समेत खाएको उनले बताए। प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण गर्ने लगायतका काम अभियानकै रूपमा चलाइ रहेको छ।

यी कदमले घिसिङले जिम्मेवारी सम्हाले देखि नै विद्युत चुहावट क्रमशस् घट्दै गएको छ। २०७३ भदौमा २५.७८ रहेको विद्युत चुहावट त्यसपछिको वर्षमै २२.९ प्रतिशत झरेको थियो। त्यस पछिको वर्षमा २०.४५मा झरेको चुहावट यो वर्षको पाँच महिनामै १५.४५ प्रतिशतमा झरेको हो।

सबै भन्दा बढी राजस्व संकलन गर्ने काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकोमा चालू आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशतमा सीमित भएको छ। क्षेत्रीय कार्यालय अन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्ष अघि करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर १३.७२ प्रतिशतमा झरेको छ।

लगनखेल वितरण केन्द्रको दुई वर्ष अघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६.४१मा सीमित भएको प्राधिकरणको तथ्यांक छ। प्राधिकरणले चोरी नियन्त्रणमा सहयोग नगरे बत्ति काट्ने (ब्ल्याक आउट) चेतावनी दिँदै आएको छ।

दोस्रो बढी राजस्व संकलन गर्ने हेटौंडा क्षेत्रीय कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकोमा घटेर ६।६६ प्रतिशतमा झरेको छ। औद्योगिक ग्राहक रहेको वीरगंज र सिमरा र हेटौंडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौंडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य गिरावट आएको हो। गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट मंसिरम्ममा घटेर २.५०मा झरेको छ।

दुई वर्ष अघि झन्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको छ। विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकोमा घटेर ११.६१ प्रतिशतमा झरेको छ। यसै गरी,१४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशतमा झरेको छ।

पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकोमा घटेर ८.६१ प्रतिशतमा सीमित राख्न प्राधिकरण सफल भएको छ। जनकपुर, नेपालगंज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट क्रमश स् ३४.३६,१५.८४ र १५.२९ प्रतिशत रहेकोमा घटेर २६.२४,९.७२ र १२.१९ प्रतिशतमा झरेको छ।

प्राधिकरणले प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण गर्ने तथा नयाँ बनाउने लगायतका काम अभियानकै रूपमा चलाइ रहेको छ। प्राधिकरणले दुई वर्षमा ५ हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखी काम गरि रहेको छ।

दुई वर्षको अवधिमा करिब १२ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेसनको क्षमता थप गरेको र एक वर्ष भित्रमा करिब २६०० सय मेगावाटको थप हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रूपमा चलाइ रहेको छ।

कुलमानको सफलता : विद्युत प्राधिकरण खुद नाफामा, चुहावट इतिहासकै कम

नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा पनि खुद नाफा कमाउन सफल भएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भए पछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताए। गत आवमा प्राधिकरणको संचालन मुनाफा ७ अर्व ८६ करोड रुपैयाँ छ। यसमा अन्य वित्तीय खर्चहरु कटौती गरेपछि खुद मुनाफा आउँछ।

विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वन लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो।

चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी भएको छ। गत वार्षिक उत्सवमा आव २०७३/७४को प्राधिकरणको खूद नोक्सानी ९७ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षण पछि खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ देखिएको थियो। प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब २ अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेको थियौं,तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं’,कार्यकारी निर्देशक घिसिङले भने। ‘मैले जिम्मेवारी सम्हाल्दा संस्था ८ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो,प्रधानमन्त्री, ऊर्जा मन्त्री, उर्जा सचिव, संचालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आम उपभोक्ता, प्राधिकरणका कर्मचारी लगायत सबैको निरन्तर सहयोगबाट गतवर्ष पनि संस्था नाफामा गएको हो,तर हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकि रहेको अवस्था छैन ।’

उनले चालु आर्थिक वर्षमा प्राधिकरणले आफैंले निर्माण गरि रहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र सहायक कम्पनीमार्फत निर्माण भइ रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने बताए। ‘ती आयोजना आए पछि हामीले सहायक कम्पनी मार्फत निर्माण गर्ने जलविद्युत आयोजनामा लगानीका लागि सरकार माथि भर पर्नु पर्दैन प्राधिकरण आफैंले लगानी गर्न सक्छ’,घिसिङले थपे। प्राधिकरणले जलविद्युत आयोजना सहायक कम्पनी मार्फत निर्माण गर्ने निर्णय यस अघि नै गरि सकेको छ।

प्राधिकरणले आव ०७३/७४मा विद्युतबिक्री र व्याज लगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकोमा आव ०७४/७५मा यसलाई बढाएर ६०अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ। लोडसेडिङ अन्त्य र आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक सञ्चालनले प्राधिकरणको आम्दानी बढेकोे हो। लोडसेडिङ अन्त्य हुँदा सहरी क्षेत्रका ठूला ग्राहस्थ्र्य तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको छ।

‘हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’बाट उपभोक्ताले उज्यालो मात्रै पाएका छैनन्, कहीं केहीहुँदैन भन्ने समाजमा व्याप्त निराशालाई समेत चिर्दै केही हदसम्म आशाको संचार गराएको छ, नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलकको अर्थतन्त्र नै चलायमान भएको छ’ घिसिङले भने। ‘प्राधिकरण सवल र सक्षम संस्थाबन्दै गएको छ, अब लोडसेडिङ अन्त्य भइ सकेकाले संस्थाले प्रवाह गर्ने सेवा सुधारमा ध्यान केन्द्रित गरि रहेका छौं।’

भारतबाट विद्युत आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिकाकारण ढल्केवरबाट खरिद गरिएको विद्युतको महशुल केही बृद्धि भएता पनि आयातित विद्युतको औसत खरिद दर भने बढेको छैन। आव ०७४/७५को विद्युत औसत आयात दर ७ रुपैयाँ ४७ पैसा रहेको छ। प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ। गत आवमा २ अर्ब ५८ करोड युनिट विद्युत आयात भएको थियो।

आव २०७३/७४मा २ अर्ब १७ करोड युनिट आयात गरिएको थियो। ‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ, जसको खरिद दर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिंदै आएको प्रति युनिट ८ रुपैयाँ ४० पैसाभन्दा कम छ’,कार्यकारी निर्देशक घिसिङले भने। ‘आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएसम्मका लागि हाम्रो विद्युत माग र आपूर्तिको व्यवस्थापन गर्न तत्काल यो बाहेक अरु विकल्प नै छैन ।’

जलवायु परिवर्तनका कारण गत आवमा खोला तथा नदीनालामा पानीको वहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहबाट गत वर्ष करिब २० प्रतिशत उत्पादन घट्दासमेत विद्युत आपूर्ति भने बढेको छ। ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना सञ्चालनमा आएका कारण विद्युत आपूर्ति बढेको हो। गत आवमा ७० मेगावाटको मध्य मस्र्याङदी विद्युत गृह मर्मत सम्भारका लागि ५ दिन र आवको अन्त्यतिर कुलेखानी दोस्रोको एउटा युनिट (१६ मेगावाट)मा समस्या आउँदा उत्पादन बन्द भएको थियो।

कुलेखानी पहिलोको पनि एउटा युनिट (३० मेगावाट) मात्रै चलाइएको थियो। यसले गर्दा कुलेखानी पहिलो र दोस्रोको ४६ मेगावाट विद्युत प्राणालीबाट बिच्छेद भएको थियो। त्रिशूलीको विद्युत गृहमा आगो लाग्दा सो केन्द्र र देवीघाटबाट विद्युत उत्पादन करिव २० दिन बन्द भएको थियो । यस्ता समस्या र चुनौतीका बावजुद पनि प्राधिकरणले उपभोक्तालाई लोडसेडिङ गरेको थिएन।

विद्युत चुहावट इतिहासमै कम

विद्युत प्राधिकरण गत आवमा विद्युत चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ। प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। गत आवमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो। जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशःकरिव ५.५ प्रतिशत र करिव १४.५प्रतिशत रहेको छ। चालू आवमा विद्युत चुहावटलाई १८.५प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ। ‘तर हाम्रो कोशिश १५ प्रतिशतमा कायम गर्ने रहने छ,’।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइ रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्था भित्रको आर्थिक तथा प्रशासनिक वेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवाप्रवाहलाई सुधार गर्ने लगायतका निर्देशन प्राधिकरणलाई दिएका छन्।

नेपालीहरुको ढुकढुकी कुलमान

Image result for कुलमान

नेपाल र भारतबीच गत हप्ता सम्पन्न इनर्जी ब्याङ्किङ सम्बन्धी प्रारम्भिक सम्झौता लगत्तै ‘स्टोरेज टाइप प्रोजेक्ट’ अर्थात् जलाशययुक्त परियोजनाको अभावमा हुने लोडशेडिङबाट अब मुलुकले मुक्ति पाउने अधिकारीहरूले बताएका थिए। उक्त विकास क्रमसँगै लोडशेडिङ मात्र नभएर अन्य प्रयोजनका लागि समेत मुलुक ऊर्जाको हिसाबले सुरक्षित हुन पुगेको जानकारहरूको दावी थियो।

वर्षौँ देखि नेपालले भारतसँग गर्दै आएको उक्त सम्झौताको मागको विषयमा भारतीय पक्ष कसरी एकाएक तयार भयो भन्ने कुरा धेरैको रुचिको विषय बन्न पुग्यो। उक्त समाचारमा धेरैको चासो हुनुको कारण यसको दूरगामी महत्व र दीर्घकालीन रूपमा पार्न सक्ने असर भएको विज्ञहरूको भनाइ थियो।

इनर्जी ब्याकिङ

यसै महिना हुने भनिएको सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ गु्रप’र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ बैठकले इनर्जी ब्याङ्किङका विधि र प्रारूप समेटिएको निर्दे्शिकालाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दक्षिणी छिमेकी भारतसँग भएको समझदारी एकाएक भएको भने होइन।

पटक पटक भएका द्विपक्षीय वार्ता र उच्चस्तरीय राजनीतिक भेटघाटका क्रममा नेपाल र भारतका शीर्षस्थ नेतृत्वबीच भएका कैयौँ पटकको छलफलको प्रतिफलको रूपमा व्याख्या गर्छन् कुलमान। यो निकै महत्वपूर्ण निर्णय हो र यसको दूरगामी असर छ कुलमानले भने। इनर्जी ब्याङ्किङको अभ्यास नेपाल र भारतमा मात्र नभएर दक्षिण एशियाली मुलुकहरूका लागि समेत निकै महत्वपूर्ण रहेको उनको जिकिर छ।

एकीकृत ग्रिड दक्षिण एशियाको समृद्धिको प्रमुख आधार रहेको र नेपालको जलविद्युत् उक्त क्षेत्रको ‘ब्याट्री’ रहेको बताउँदै कुलमानले भारत मात्र नभएर अन्य मुलुकसँग सहकार्य गर्नुपर्नेमा जोड दिए। भारतकै कुरा गर्ने हो भने उसले प्रयोग गरि रहेको सोलारलाई चार्ज गर्न र परिआएको बेला सोलार प्लान्ट लाई ‘पिकिङ लोड’ दिन समेत नेपालको जलविद्युत् काम लाग्न सक्छ, उनले भने। २०७३ सालको असारबाट प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले यस बाहेक विभिन्न दूरगामी अर्थ राख्ने काम गर्न सफल भए जसका कारण ‘लोडशेडिङ प्राधिकरण’ भनेर समेत चिनिने उक्त संस्थाको साख फर्काउन सफल भएको कुरामा दुईमत नरहेको जानकारहरूको जिकिर छ।

लोडशेडिङमुक्त नेपाल

नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गर्दा कुलमान उक्त संस्थाको अवस्था नाजुक थियो। दैनिक १२ घण्टासम्म लोडशेडिङको मारमा सर्वसाधारण थिए। उनले नेतृत्व सम्हालेको केही महिनामै काठमाण्डूलाई लोडशेडिङमुक्त बनाउने घोषणा गरे। प्राधिकरणमा आउने हरेकजसो नेतृत्वले लोडशेडिङमुक्त गर्ने घोषणा गर्ने हुँदा धेरैले उक्त अभिव्यक्तिलाई महत्त्व दिएनन्। तर सबैको अनुमान विपरीत उनको घोषणा सही साबित हुन पुग्यो। काठमाण्डूमा सफलता चुमे पछि कुलमानको महत्त्वाकाङ्क्षा बढ्यो। भरतपुर, पोखरा लगायत मुलुकका प्रमुख शहरमा समेत क्रमिक रूपमा लोडशेडिङ अन्त्य भयो। कुलमान निकै चर्चामा आए।

धेरैले आकलन गरे विपरीत कुलमानले उक्त कार्यलाई निरन्तरता दिन सफल पनि भए। र, यो नै त्यस पछि उनले प्राप्त गरेको अन्य सबैजसो उपलब्धिहरूको सहायक हुन पुगेको उनी आफैँ बताउँछन्। उक्त प्रक्रियामा उनले तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र सचिव अनुपकुमार उपाध्यायको पनि दरिलो साथ पाए।

उनीहरूको सहयोग विषेशत : सरकारका तर्फबाट गर्नु पर्ने नीतिगत निर्णयमा रहेको कुलमान स्वीकार्छन्। हालका दिनमा काठमाण्डू लगायतका प्रमुख शहरमा बत्ती जाँदै नजाने भने होइन। तर यसको नाम भने परिवर्तन भएको छ। आममानिसले बत्ती जानुलाई ‘कुलमान जानुभयो’ भन्ने गरेका छन्। जसलाई उनले गरेको कामको कारण दिइएको आदरको रूपमा धेरैले अर्थ्याउँछन् ।

झल्दै चुनौती

लोडशेडिङको भुमरीबाट आमजनतालाई बाहिर निकाल्नु यति चुनौतीपूर्ण काम थियो कि त्यसलाई सम्पन्न गरे पछि सबै ढोका एकैपल्ट खुलेको कुलमान आफैँ बताउँछन्। राजनीतिक सहयोग होओस् वा प्राधिकरण भित्रकै माहोल, सबै उनका लागि अनुकूल बन्न पुगे। र, त्यही आधार माथि टेकेर एकै पटक करिब २,५०० जना कर्मचारी को सरुवा गर्ने काम उनले गरे। शुरुमै यस्तो गर्न खोजेको भए सम्भव नहुन सक्ने खतरा थियो।

त्यसै कारण मैले पहिला लोडेशेडिङमाथि प्रहार गरे र त्यस पछि कर्मचारी प्रशासनमा, कुलमानले भने। उक्त निर्णयको विरोध हुँदै नभएको चाहिँ होइन। तर कुलमानको प्रभाव यस्तो थियो कि कर्मचारी सङ्गठन, ऊर्जा मन्त्रालय र शीर्षस्थ राजनीतिक नेतृत्व लगायत सबै त्यसलाई मान्न बाध्य भए। शुरूमा रिसाएका कर्मचारी समेत आफ्नो पेशागत मर्यादा र कार्यथलोले मारेको फड्को देख्न थालेपछि बिस्तारै सकारात्मक हुन थालेको उनले बताए।

आर्थिक प्रगति

वर्षौँ देखि घाटामा चल्दै आएको नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङको प्रवेशसँगै एउटा नयाँ युगको शुरूवात भएको बताउँछन् उनीसँग नजिक रहेर प्राधिकरणमा काम गरेका एकजना कर्मचारी। त्यसो त दशकौँसम्म लोडशेडिङमा गुजारा गरिसकेका आमनेपालीका लागि उनले प्राधिरणको नेतृत्वमा आउनासाथ गरेको लोडशेडिङको अन्त्य गर्ने जस्ता कामकै कारण उनको छवि अझ उच्चो हुन गयो।

नेतृत्व सम्हालेको पहिलो वर्षमै करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई डेढ अर्बको हाराहारीमा फाइदामा पुर्रुयाउन सफल भएको उनको दाबी छ। कुलमानका अनुसार आर्थिक सुधारले प्राधिकरणका कर्मचारीहरूमा संस्थाप्रति भरोसा दिलाउने काम गर्रुयो जसका कारण नेतृत्वलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो।

निजी क्षेत्रलाई बढावा

दीर्घकालीन महत्वका विषयको कुरा गर्दा कुलमानले गरेको अर्को महत्त्वपूर्ण काम भनेको ऊर्जा प्रवर्द्धकसँग ‘टेक अर पे’ मा विद्युत् खरिद सम्झौता भएको उनी आफैँ बताउँछन्। सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नीतिलाई सहयोग गर्दै प्राधिकरणले गत वैशाखमा ‘टेक अर पे’ मा खरिद सम्झौता गर्ने निर्णय गरेको थियो।

हेर्दा मन्त्रालयले गरेको निर्णय जस्तो देखिए पनि उक्त निर्णयका लागि बल दिने काम भने प्राधिकरणले नै गरेको हो, कुलमानले भने। उक्त अवधारणा अन्तर्गत निजी क्षेत्रले आगामी ३ वर्षमा करिब ३,००० मेगावाट विद्युत् उत्पादन गर्ने छन् भने प्राधिकरण आफैँले पनि करिब २,००० मेगावाट उत्पादनको लक्ष्य लिएको छ।

कसरी भएको थियो कुलमानको उदय ?

रामेछापको बेथान गाउँको एउटा सामान्य परिवारमा जन्मिएका कुलमानको बाल्यकाल अभावमै गुज्रियो। पढाइमा भने उनी बाल्यकालदेखि नै तेज थिए। प्राय : जसो उनी प्रथम हुन्थे। त्यसै कारण पनि होला कक्षा एक र दुई एकै वर्षमा उनले पूरा गरे। कक्षा तीन नपढी उनी चारमा उक्लिए।
त्यसपछि उनी काठमाडौ आए।

काठमाडौमा पनि कक्षा छ नपढी उनी सातमा भर्ना भए। रुर, पनि नतिजामा कुनै भिन्नता देखिएन अर्थात् फेरि पनि उनी प्रथम नै भए। पढाइप्रति उनको लगाव र क्षमताका कारण शिक्षकहरूले निजी विद्यालयमा भर्ना हुन प्रेरित गरे। निजी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन गराइने हुँदा कक्षा पाँचमा भर्ना हुन उनलाई सुझाइयो। तर मैले मानिनँ। पुरानै विद्यालयमा फर्कन्छु भने पछि कक्षा आठमा भर्ना भएँ, कुलमानले भने ‘यहाँ पनि प्रथम नै भएँ।’

एसएलसी परीक्षामा ‘उत्कृष्ट १०’ मा पर्न झिनो अन्तरले उनी वञ्चित भए। काठमाडौको अमृत साइन्स क्याम्पसमा अध्ययन सकेर उनी भारतमा इन्जिनियरिङ पढ्न गए। पुल्चोक इन्जिनियरिङ क्यामपसमा ‘ऊर्जा व्यवस्थापन’ मा उनले स्नातकोत्तर गरे। पछि एस इन्स्टिट्यूट अफ म्यानेजमेन्टबाट उनले इएमबीए पनि गरे।

लोकसेवा आयोग र नेपाल वायु सेवा निगममा समेत नाम निकाले पनि उनले कर्मथलोको रूपमा प्राधिकरण नै छाने। र, २०५१ सालमा सरकारी सेवामा उनी प्रवेश गरे। प्राधिकरणमा पनि उनले पढाइको क्रममा मारे जस्तै छलाङ मार्न सफल भए जसका कारण आफू भन्दा अग्रजलाई समेत पछि पार्दै प्राधिकरणको शीर्षस्थ नेतृत्वमा उक्लन उनी सफल भए।

चिलिमेले दिएको ख्याति

विद्यार्थी जीवन देखि नै एक पछि अर्को फड्को मार्न सफल कुलमानले प्राधिकरणमा काम गर्दा मारेको महत्त्वपूर्ण छलाङ भनेको २०६७ सालमा पाएको चिलिमे जलविद्युत् आयोजनाका प्रमुखको जिम्मेवारी रहेको उनीबारे जानकार बताउँछन्।

चिलिमेमा उनले देशमै पहिलोपटक जलविद्युत्रुको सेयर सर्वसाधारणका लागि जारी गर्ने काम गरे जसले उनलाई चर्चामा पुर्यायो। जानकारहरू कै शब्द सापटी लिने हो भने यो उनको क्षमताको प्रदर्शन नै थियो। शेयर मात्र नभएर उनले स्थानीयवासीबाट बटुल्न सफल भरोसा र विना ढिलासुस्ती आयोजनासम्बन्धी काम बढाएका कारण पनि उनको चिलिमे कार्यकाल निकै सफल रहेको भनाइमा जानकारहरूको एकमत छ।

रसुवा जिल्लास्थित आयोजनामा शुरूमा बोर्ड डाइरेक्टरका रूपमा प्रवेश गरेका कुलमान पछि आयोजनाका कार्यकारी निर्देशक नै बन्न सफल भए। चिलिमेमा कुलमानले प्राप्त गरेको ख्याति यस्तो थियो कि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमेबाट केन्द्रमा फिर्ता बोलाउँदा स्थानीयवासी आन्दोलनमै उत्रेका थिए। मन्त्री ज्ञवालीले उनलाई केन्द्रमा ताने पछि केही समय ओझेलमा परेको ‘करियर’ लयमा आउन धेरै समय लागेन।

समय व्यवस्थापन

आखिर कसरी गर्छन् त कुलमानले यति धेरै कामका लागि समयको व्यवस्थापनरु एक छिन टोलाएपछि मधुरो स्वरमा उनले भने, समयको उचित व्यवस्थापन गर्न सकिएन भने केही गर्न सकिँदैन। यो सबै भन्दा महत्त्वपूर्ण काम हो। कुलमान हरेक दिन बिहान ९ बजे भन्दा अघि कार्यालय पुगि सकेका हुन्छन्। हरेक दिन ३ बजेपछि मात्रै सर्वसाधारण तथा आगन्तुकलाई भेट्छन्। कुनै पनि बेला उनको खोजी गर्दै आउन सक्ने सांसद लगायत अन्य विशिष्ट व्यक्तिलाई उनी चलाखीका साथ सम्हाल्छन्।

कार्यालय समयपश्चात् सदर गर्नु पर्ने काजजाततर्फ उनको ध्यान जान्छ। कुनै एउटा दिन ३० देखि ४० वटा दस्तावेजमा हस्ताक्षर गरेको सम्झँदै उनी भन्छन्, साँझ ८–९ बजेसम्म म लगायत टोली कार्यालयमै हुन्छौँ। कार्यालयमा भेटघाटका लागि आउने जो कोहीलाई उनको कार्यकक्षसम्म पुग्न सम्भव छैन।

पहिलो तलामा रहेको ‘हेल्प डेस्क’का कर्मचारीले बायोमेट्रिक प्रविधिबाट खुल्ने ढोका खोले पछि बल्ल पहिलो तलामा रहेको उनको कार्यकक्ष पुग्न सकिन्छ। ढोका खोल्ना साथ लाम लागेका आगन्तुकहरूलाई पन्छ्याउन गाह्रो भए पछि तल्लो तलामै रोक्नु परेको हो। भेटघाटका लागि धेरै समय छुट्याउँदा गाह्रो पर्ने हुँदा यस्तो गर्नुपरेको हो, उनले भने।

कम छैन चुनौती

सफलताको शिखरमा रहेका कुलमानका अगाडि चुनौतीको कमी भने छैन। उनको कार्यकाल सकिन लगभग दुई वर्ष बाँकी रहँदा कामको थुप्रो बढ्ने क्रममा छ। कुलमानको आफ्नै भनाइमा उनले पालेको महत्त्वाकाङ्क्षा कै कारण चुनौतीको चाङ्ग अझै थपिने क्रम जारी छ। आगामी दिनमा मुलुकका लागि सबै भन्दा महत्त्वपूर्ण कार्य र प्राधिकरणका लागि चुनौती भनेको मुलुक भित्र उत्पादित ऊर्जाको खपत बढाउनु हो।

आगामी पाँच वर्षमा मुलुक भित्र ऊर्जा खपत प्रतिव्यक्ति इकाई ७०० र १० वर्षमा प्रतिव्यक्ति इकाई १,५०० पु¥याउने लक्ष्य सरकारले लिएको छ। हालका दिनमा प्रतिव्यक्ति इकाई करिब २०० को हाराहारीमा रहेकाले ऊर्जा खपत बढाउन सहज भने छैन। कुलमानको कामलाई नजिकबाट नियालेका एकजना जानकारका अनुसार उनको कार्यकालमा थुप्रै उपलब्धि हासिल भए पनि प्रसारणलाइन लगायतका पूर्वाधार विकासका कार्यमा भने सोचे अनुरूप प्रगति हासिल हुन सकेको छैन। त्यस्तै आफ्नो कार्यकालमा प्राधिकरणलाई एउटा स्तरमा ल्याएका कुलमानका लागि उनले गरेको काम र भावी योजना कार्यान्वयन गर्नका लागि संस्था भित्रै बाट योग्य उत्तराधिकारीको विकास गर्नु पर्ने चुनौती समेत छ।

कुलमानको चमत्कार : नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट रोकेर ७ अर्ब

नेपाल विद्युत प्राधिकरणको पछिल्ला दिनहरुमा चर्चा चुलिदैं गएको छ। सफल नेतृत्व र कुशल कार्यशैलीको सबैंले खुलेरै तारिफ गरि रहेका छन्।

लामो समय ओरालो लागेको नेपाल विद्युत प्रधिकरण प्रमुखको रुपमा कुलमान घिसिङ पाए पछि प्राधिकरणको विगत फेरिएको छ। विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी गरेको छ।

गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थिय। यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य राखिएको थियो। पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ। चुहावट कम गर्न प्राधिकरणले आफ्नो विभिन्न वितरण केन्द्रलाई फरकफरक लक्ष्य दिएको प्राधिकरणले भनेको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुक भर अभियानकै रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए। अहिले भारतलाई समेत्त विद्युत बेचिरहेको नेपाल विद्युत प्रधिकरणले जनताको साथ र सहयोग पाइरहेको जनाएको छ। जनस्तरबाट यसरी नैं सहयोग रहने हो भने ठुलो प्रगति पाउँन सकिने आम जनविश्वास रहँदैं आएको छ।

अमेरिकाले गर्यो कुलमानको प्रशंसा

अमेरिकाले नेपाल विधुत् प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ। अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले कान्तिपुर दैनिकमा ‘भ्रष्टाचार विरुद्ध नागरिक शक्ति’ शीर्षकको लेखमा लोडसेडिङको अन्त्य भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले हात पारेको सफलताको उदाहरण भएको भन्दै घिसिङको प्रशंसा गरेकी हुन्।

गत वर्षको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भए पछि घिसिङले लोडसेडिङको अन्त्य गरेका थिए। उनले प्राधिकरणको वित्तीय र प्रशासनिक सुधार गर्दै ‘उज्यालो नेपाल अभियान’ चलाइ रहेका छन्। यसलाई भ्रष्टाचार विरुद्धको सङ्घर्षमा नेपालले सफलता हात पारि सकेको उल्लेख गर्दै राजदूत टेपलेट्जले जसबाट के प्रस्ट हुन्छ भने पारदर्शितातर्फ महत्वपूर्ण कदम चाल्न अझै धेरै मानिस तत्पर हुनसक्ने बताएकी छन्।

उनी लेख्छिन् ‘सफलताको एउटा उदाहरण हो, नेपालको विधुत् आपूर्ति, लोडसेडिङबाट नेपालको अर्थतन्त्रमा ठूलो क्षति भयो र नेपालीहरू अँध्यारोमा रहन बाध्य भए । थुप्रै खोजमूलक पत्रकारहरूको कामबाट पछि विधुत्को अभाव कृत्रिम भएको र केही व्यक्तिको समृद्धिका लागि त्यसो गरिएको पत्ता लागेबाट लोडसेडिङ अनावश्यक रहेछ भन्ने पुष्टि भयो ।

राजदूत टेपलेट्जले लोडसेडिङ मार्फत गरिएको कार्टेल तथा बासिन्दालाई प्रभावित गर्ने भ्रष्ट अभ्यास तोड्ने श्रेय एक जनालाई दिइएको बताएकी छन्। उनले लेखमा उल्लेख गरेकी छन् , ‘साहस फैलँदै जाने कुरा भएकाले घिसिङले कारबाही अघि बढाएसँगै अरूलाई पनि भ्रष्टाचार विरुद्ध सङ्घर्ष गर्ने साहस मिल्यो।’

लोडसेडिङ अन्त्य भए लगत्तै नेपाली टाइम्स पत्रिकाले लेखेको समाचारको उल्लेख गर्दै उनले, ‘नेपाल विधुत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण भित्र सफाइ अभियान थाले पछि नै इन्जिनियर तथा सचेतकहरूलाई खुलेर बोल्ने साहस आयो र केही व्यक्तिलाई मात्र समृद्ध बनाउन राष्ट्रिय अर्थतन्त्रलाई धराशायी बनाउँदै अनि लाखौं नेपालीलाई एक दशकसम्म कष्टपूर्ण जीवन बिताउन बाध्य पार्दै सञ्चालित हुने विकृत व्यवस्था बारेउनीहरूले मुख खोलेका थिए ।’


divya collage
unigloble collage