आइपिएल : कोलकता माथि दिल्लीको सानदार जित
वि.सं.२०७५ चैत ३० शनिवार १४:४३
shares

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको क्रिकेटमा चौंथो जित निकालेको हो।
इडेन गार्डेनमा कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। दिल्लीको जितमा शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रन बनाए। उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै दिल्लीका ऋषब पन्तले ४६ रन जोड्दा पृथ्वी श र कोलिन इन्ग्रामले समान १४र१४ रन जोडे। कोलकत्ताका प्रसिद्द कृष्ण, आन्द्रे रसेल र नितिश रानाले १/१ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो।






















