हारको डबल ह्याट्रिक पछि बैंग्लोरको पहिलो जीत

5.17K
shares

एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको जारी प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जीत निकालेको छ। यसअघि लगातार ६ खेलमा पराजित भएको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले शनिबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्यो।

पञ्जाबले दिएको १ सय ७४ रनको लक्ष्य बैंग्लोरले ४ बल बाँकी छंदै २ विकेट खर्चेर भेट्टायो। बैंग्लोरको जितका लागि कप्तान कोहली र एबी डेभिलियर्सले उत्कृष्ट साझेदारी गरेका थिए। कोहलीले ६७ रन बनाउँदा, डेभिलियर्सले नटआउट ५९ रन जोडे।

पार्थिक पटेल १९ रनमा आउट भएका थिए। त्यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको पञ्जावले पुरा ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७३ रनको स्कोर बनाएको थियो। क्रिस गेल शतक बनाउनबाट १ रनले चुके।

६४ बलको सामना गरेका गेल १० चौका र ५ छक्काको मद्धतमा ९९ रन बनाउँदै नटआउट रहे। त्यस्तै शनिबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको थियो।

आईपिएल क्रिकेटमा आइतबार कोलकाता नाईट राईडर्स र चेन्नई सुपर किंग्स तथा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने छन्।


divya collage
unigloble collage