३८ जना सवार वायुसेनाको विमान बेपत्ता

5.75K
shares

काठमाडौं। अन्टाक्र्टिकातर्फ उडेको ३८ जना सवार रहेको चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता भएको छ ।

हर्कुलस सी १३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भएपछि करिब ६ बजे विमानसँग सम्पर्क नभएको बताएको छ ।

विमानमा कूल ३८ जना सवार रहेको जसमध्ये १७ जना चालक दलका सदस्य रहेको चिलीको वायुसेनाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083