संसदभित्रै पुरुष सांसदद्धारा महिलामाथी यौनहिंसा
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०२:५१
5.21K
shares
shares

काटमाडौं- गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसदभीत्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । पुरुष सांसदबाट महिलामाथी यौनहिंसा गर्दै आएको बताईन् ।
आफुहरुले इज्जतको डरले सहन बाध्य बाध्य रहेको बताए । पुरुष सांसदहरुले नराम्रो
नियत लिएर जिस्किने र मात्तिने फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् ।
पढेलेखेका, बुझ्ने र शिक्षित कानुन निर्माण गर्ने व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता अनैतीक गतिविधिमाथी कसैको ध्यान नपुगेको उनले गुनासो गरेकी छिन् ।
अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई असहज लाग्ने बताईन् ।




























