प्रचण्डपत्नी सीता उपचारको लागि बाबा रामदेवकोमा
वि.सं.२०७६ पुस ४ शुक्रवार १०:३९
4.84K
shares
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल लाई उपचारको लागि बाबा रामदेवको लगिएको छ । उनी लामो समयदेखि अस्वस्थ रहेकी छिन् ।
छोरी गंगा दाहालले सीतालाई भारतको हरिद्वारस्थित पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट गराएकी छिन् । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् ।
सीता पार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिपिडत छिन् । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी ९पीएसपी० भनिन्छ । यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ ।
































